
नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत गठित जिल्ला निर्वाचन परिचालन कमिटिले निर्वाचनका कार्यक्रम तय गरेको छ ।
जिल्ला सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीको अध्यक्षतामा बसेको सोमबार बसेको बैठकले बाँकेको निर्वाचनका बिभिन्न समयतालिका तय गरेको हो ।
समयतालिका अनुसार २७ गते हुने निर्वाचनका लागि पुष २३ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता फाराम वितरण गरिने भएको छ ।
यस्तै पुष २४ गते उम्मेदवारी दर्ता गरिने भएको छ भने पुष २४ गते विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिनेछ ।
यसैगरी २५ गते ४ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ भने २७ गते विहान ९ देखि साँझ ४ बजेसम्म मतदान गराइने तयारी गरिएको छ ।
मतदान स्थल तय नभएको र केही दिनमै तय गर्ने समितिले जनाएको छ ।





