खजुरा गाउँपालिकाका शैक्षिक संस्थामा तीन दिन जाडो बिदा

नेपालगञ्ज । बाँकेमा शीतलहर बढेपछि खजुरा गाउँपालिकाले तीन दिन जाडो बिदा दिएको छ । केही दिनदेखि बाँकेमा शीतलहरसंगै जाडो बढेपछि खजुरा गाउँपालिले पालिकामा बिहीबारदेखि जाडो बिदा दिएको हो ।

खजुरा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखाले मंगलबार एक सूचना जारी गर्दै पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरुमा तीन दिन बिदा दिएको जनाएको छ । शैक्षिक कार्य बन्द गरिएपनि प्रशासनीक कार्य भने संचालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

केही दिनदेखि शीतलहरको प्रकोप बढी रहेकोले बालबालिकाहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी मिति २०७८ पौष २१ गतेदेखि मिति २०७८ पौष २३ गतेसम्म बिद्यालयहरुमा अध्ययन अध्यापन कार्य मात्र स्थगित गरी बिद्यालयको नियमित प्रशासनिक कार्यहरु यथावत सूचारु गर्नु हुन र मिति २०७८ पौष २५ गते आइतवारदेखि नियमित रुपमा अध्ययन अध्यापनको व्यवस्था गर्न सबै बिद्यालयहरुलाई जारी गरिएको सूचनामार्फत भनिएको छ ।

Previous articleबाँकेको निर्वाचन कार्यक्रम तय, पुष २४ गते उम्मेदवारी मनोनयन दर्ता
Next articleआजदेखि चिसो बढ्ने, लुम्बिनी लगायतका प्रदेशमा हल्का वर्षाको सम्भावना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here