
नेपालगञ्ज । कोहलपुर नगरपालिका स्तरीय निजामति कर्मचारी संगठनको नयाँ नेतृत्व चयन गरिएको छ । नेपाल निजामति कर्मचारी संगठन कोहलपुरको अध्यक्षमा प्रदिप कुमार रावत चयन भएका हुनुभएको छ ।
‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट हौं’ भन्ने मुल नाराका मंगलबार भएको बृहत भेलाले कोहलपुर संगठनको अध्यक्षमा रावतलाई चयन गरिएको हो ।
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको प्रमुख आथित्यितामा र निजामती कर्मचारी संगठन बाँकेका अध्यक्ष अग्नि आचार्य अध्यक्षतामा सो कमिटि निर्माण गरिएको छ ।
यस्तै संगठनको उपाध्यक्षमा लोक माया भारती, सचिवमा मिन बहादुर विक, कोषाध्यक्षमा शुसिला थापा चयन हुनुभयो ।
यस्तै सदस्यहरुमा सुर्या चपाई, प्रदिप तिमिल्सेना, यसोदा योगी, सुधन बुढाथोकी, गणेश बहादुर खड्का, विजय रखाली, प्रविन बस्नेत, चित्र राम ओली र रुपलाल डाँगी चयन हुनुभएको छ ।





