
नेपालगञ्ज । नेपाल निजामती कर्मचारी संगठन नेपालगञ्ज उपमहानगरपालिका कमिटीको अध्यक्षमा मनराज थापा निर्वाचित हुनुभएको छ ।
मंगलबार नेपालगञ्जमा भएको भेलाले थापाको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरिएको हो ।
यस्तै उपाध्यक्षमा शिवा शाह, सचिवमा मदन रावत, कोषाध्यक्षमा इश्वरी सापकोटा निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा समिर गुरुंग, सिताराम शर्मा, मिथलेश कुमार बर्मा, चित्रा कुमारी पुन, जय मंगल प्रसाद पटेल, शालिकराम कश्यप र आशा नेपाली निर्वाचित हुनुभएको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दिपा शर्मा, राष्टिय स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रामवहादुर चन्द, कर्मचारी संगठनका अध्यक्ष अग्नी आचार्य, पुर्व अध्यक्ष कृष्ण थापा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १८ का अध्यक्ष दिपक वर्मा लगायतको उपस्थिती थियो ।





