
प्रहलाद विश्वकर्मा,
नेपालगंज । नेपाल रेडक्रस सोसाइटी सोनारी उपशाखाको २ वर्ष कार्यकालका लागि ११ सदस्यीय उपशाखा कार्यसमिति निर्विरोध निर्वाचति भएको छ ।
उक्त कार्यसमितिको सभापतिमा यज्ञनारायण शर्मा, उपसभापतिमा टिका खरेल, सचिवमा कैयुम अहमद मुकेरी, कोषध्यक्षमा हेमराज खत्री उपसचिवमा शुशिल चौधरी, उपकोषाध्यक्षमा रामकृष्ण चौधरी, महिला सदस्यमा मिना कुमारी शर्मा, सदस्यहरुमा लोकमणी जैसी, लालजी प्रसाद यादव, दिनेशकुमार थापामगर र अम्रिकास्रसाद भुजवा निर्विरोध निर्वाचित हुनु भएको कुरा नेरेसो बाँके शाखाका निर्वाचन अधिकारी राकेशबहादुर श्रीवास्तवले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, उपमन्त्री तेजबहादुर सुवेदी, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र मतदान अधिकृत झवीलाल शर्मा लगायत रेडक्रस सदस्यहरुको उपस्थिति रहेको थियो ।





