गौडेल समूह प्रचार प्रसारमा व्यस्त, टोल टोलमा मतदाता भेट्दै

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले प्रचारप्रसारलाई तीब्र पारेको छ । गौडेल समूहले जिल्ला अधिवेशनका मतदाताका रुपमा रहेका क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्ने क्रम जारी नै राखेको छ ।

बुधबार नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा पुगेर गौडेल समूहका उम्मेदवारहरुले क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट गरेका छन् । वडा नम्बर १, २, १२ र १८ मा पुगेर भेटघाट गरिएको गौडेल समूहको सचिवालय सहसंयोजक एबम् क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले बताउनुभयो । भेटघाटका क्रममा क्षेत्रीय प्रतिनिधिहरुले गौडेल समूहलाई सहयोग गर्ने बताएको गिरीले जानकारी दिनुभयो ।

सभापतिका उम्मेदवार गौडेल, उपसभापतिका उम्मेदवार गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवका उम्मेदवार सुधांशु कोइराला र टंक प्रसाद काफ्ले (आशिष) तथा सहसचिवका उम्मेदवार रेणु सिंह ठाकुर र विश्वराज लम्सालसहित जिल्ला सदस्य पदका उम्मेदवारहरुले क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्नुभएको थियो ।

भेटघाटका क्रममा सभापतिका उम्मेदवार गौडेलले आफूहरुलाई कुनै लोभ लालच नभएको भन्दै पार्टीलाई कसरी मजबुत बनाउने भन्ने ध्येय मात्रै रहेको बताउनुभयो । उहाँले पार्टीलाई चलायमान बनाउन आफ्नो टिम अहोरात्र खटिने बताउँदै विवेकपूर्ण मतदान गरी बाँके कांग्रेस हाँक्न सक्ने आफ्नो जुझारु टिमलाई मतदान गर्न आग्रह गर्नुभयो ।

वडा नम्बर १ र १८ मा प्रमुख अतिथि रहेकी कांग्रेस नेतृ एवम् नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले गौडेल नेतृत्वको टिमलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

उहाँले सक्षम र जुझारु टिम भएकाले बाँके कांग्रेसलाई सुदृढ र सबल बनाउन गौडेल समूहलाई मतदान गर्न जरुरी रहेको बताउनुभयो । महाधिवेशन प्रतिनिधि एवम् नेपाल विद्यार्थी संघका अध्यक्ष पूर्ण आचार्यले बाँकेमा सशक्त कांग्रेस बनाउनका लागि गौडेल समूह सक्षम रहेको भन्दै मतदान गर्न आग्रह गर्नुभयो ।

कोहलपुर नगरपालिका नगर सभापति विरेन्द्र शाहले कार्यकर्ताको भावना अनुसार काम गर्न सक्ने गौडेल समूह नेतृत्वका लागि सक्षम रहेको बताउनुभयो । अन्य उम्मेदवारहरुले पनि आफूहरुलाई मतदान गरी विजयी बनाउन आग्रह गरेका थिए । भेटघाटका क्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णा सापकोटा चौधरी लगायत उपस्थित हुनुहुन्थ्यो ।

वडा नम्बर १ मा वडा सभापति सीता काफ्ले, २ मा प्रदिप श्रेष्ठ तथा १८ मा जगदिश कुर्मीको सभापतित्वमा भेटघाट कार्यक्रम भएको थियो । वडा नम्बर १२ मा गरिएको भेटघाटमा अग्रज नेताहरु अजित कुमार रेग्मी, सुरेन्द्रनाथ सापकोटा, वडा सभापति रामु चिडिमार लगायतको उपस्थिति रहेको थियो ।

त्यस क्रममा रेग्मीले वडा नम्बर १२ का प्रतिनिधिले आफ्ना नेता छान्दा विवेक प्रयोग गर्ने बताउँदै सक्षम र जुझारु उम्मेदवारहरु आफूहरुको रोजाईमा पर्ने बताउनुभएको थियो ।

Previous article‘एनपीयु पत्रकार कल्याण कोष’ का लागि सहयोग संकलन उप-समिति गठन
Next articleमन्दिरबाट मुर्ति लगायतका सामानहरु चोरी गर्ने पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here