युवा क्लबमा उमेर पुगेकालाई बिदाई, नवआगन्तुको स्वागत

नेपालगन्ज । जन कल्याण युवा क्लब सुर्जीगाउँले बिदाई, सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रम गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं–१९ बसुदेवपुरको सुर्जीगाउँमा रहेको युवा क्लबका उपाध्यक्ष दिपेन्द्र जयसवालको अध्यक्षतामा नेपाल शिव सेना केन्द्रीय अध्यक्ष राजकुमार रौनियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा क्लबका २० जनालाई सदस्यता प्रमाण-पत्र बितरण गरिएको थियो ।

सो कार्यक्रममा क्लबको बिधान अनुसार ४० वर्ष नाघेकालाई बिदाई गर्नुपर्ने भएकोले क्लबका रंजीतकुमार बैश्य र सहसचिव बेद प्रकाश जयसवाललाई गम्छा ओढाएर, अबीर लगाई प्रमाण–पत्र प्रदान गर्दै प्रमुख अतिथि रौनियार र क्लबका सल्लाहकार सोहनलाल वर्माले बिदाई गर्नुभएको थियो ।

यसरीे कार्यक्रममा नयाँ सदस्य शोभाश्री बिश्वकर्मा, चन्द्रप्रकाश जयसवाल, मुना राना क्षेत्री लगायतलाई गम्छा र अबीर लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा रौनियारले अवको समयमा हरेक गाउँ–गाउँमा युवाहरु जागने समय आएको छ र क्लबमा आबद्ध भई बिकास कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

बिदाई हुनुभएका बैश्य, सल्लाहकार सोहनलाल वर्मा, गोमती प्रसाद वर्मा, बिश्वकर्मा लगायतले सवभन्दा पहिला आफ्नो गाउँ ठाउँलाई सफा सुग्घर, फोहोररहित बनाउन र त्यसपछि वडास्तरको सरसफाई अभियानलाई अगाडी बढाउनमा जोड दिनुभयो ।

क्लबमा आबद्ध मानिष जयसवाल, गौरब जयसवाल, राम गोपाल वर्मा, गगंनदीप गुप्ता, चन्द्रप्रकाश जयसवाल, कृष्ण कुमार गुप्ता, धर्मप्रकाश जयसवाल, दिलिप जयसवाल लगायतलाई २० जनालाई सदस्यता प्रमाण–पत्र प्रमुख अतिथि रौनियारले बितरण गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन बेदप्रकाश जयसवालले गर्नुभएको थियो भने कार्यक्रममा क्लबका पदाधिकारी, गाउँका गन्यमान्य व्यक्तित्व, विभिन्न राजनितिक पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । स्थानीय कालीमाई मन्दिरको धर्मशाला कार्यक्रम सम्पन्न भएको क्लबका सचिव सञ्जय हरिजनले बताउनुभयो ।

Previous articleधरौटीमा छुटे महिलालाई पैताला चटाउने तीन पुरूष
Next articleरोयल र नेपालगन्ज स्पोटिङ क्लब फाइनलमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here