रोयल र नेपालगन्ज स्पोटिङ क्लब फाइनलमा

नेपालगन्ज । नेपालगन्ज स्र्पोटिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्र्पोटिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

नेपालगन्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर बैकल्पिक खेलाडी बिभुसन केसीको सहयोगमा विकास पुनले ६३औं मिनेटमा गोल गर्दै नेपालगन्ज स्र्पोटिङ क्लबलाई अग्रता दिलाउनुभयो ।

खेलको ७७औं मिनेटमा बिभुसनले नैं गोल गर्दै नेपालगन्जको अग्रतालाई दोब्बर बनाउनुभयो । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी सुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन । प्रतियोगिता पुसको २७ गते सम्म चल्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनुभयो ।

Previous articleयुवा क्लबमा उमेर पुगेकालाई बिदाई, नवआगन्तुको स्वागत
Next articleगौडेल समूहद्धारा बैजनाथका नेता, कार्यकर्तासंग भेटघाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here