
नेपालगन्ज । आज ३०० ओैं पृथ्वी जयन्ती, पृथ्वी जयन्तीको दिन नेपालगन्जमा विभिन्न धार्मिक संगठन तथा नेपाल शिवसेनाले एक सय भन्दा बढि मोटरसाइकल र्याली नेपालगन्ज परिक्रमा गरेको छ ।
उक्त मोटरसाइकल र्याली नेपालगन्ज कारकादो हुदै पुस्पलाल चोक, न्युरोड , त्रिभुवन चोक, विपि चोक हुँदै विरेन्द्र चोक धम्बोजिमा आएर कोणसभा गर्दै नेपाल शिवसेनाका केन्द्रीय सचिव मंगल जिएमले मन्तब्य राख्नुभएको थियाे ।
मन्तव्य राख्ने क्रममा सचिव मंगलले पाटिको झण्डा मुनि बसेर रहेर हिन्दुराज्य र राजसंस्था नआउने बताउनुभयाे । हामीले पृथ्वीनारायण शाहको एकीकरण गरेको इतिहासमा विद्यालय देखि विश्वविद्यालय सम्म रटाउने, घोकाउने क्रम यथावत् चलिरहेकै छ तर हिन्दुराज्य र राजसंस्था चाहिन्छ भनेर चाहेको कोहि नभएको बताउनु भयो ।
इतिहासले किन कहिल्यै भुरे–टाकुरे राज्यको संस्कार, संस्कृति लगायत विविध सकारात्मक पाटोहरूको खोजी गरेन ? गोरखा राज्य विस्तारको क्रममा भएका अनेकन् इतिहास, भाषा, संस्कृतिमाथिको बलमिच्याइँ, उत्पीडन र अत्याचारबारे इतिहास किन मौन छ ? त्यसका साथै निश्चित जाति र समुदायमाथि सधैं राज्यले अक्षमताको बिल्ला भिराउने भाष्यको वितरण किन गरिरह्यो ? यसरी प्रश्न गर्नु पनि आजको दिनमा अपराध जस्तो भएको छ । तर के आजको दिनमा यस विषयमा गम्भीरतापूर्वक समीक्षा गर्ने समय आएन र ? इतिहासमा जातकै कारण, भिन्न संस्कृति र परिचयका कारण भएको अनेकौं भेदभाव, विभेद र दोहोरो व्यवहार बारेको बहसलाई फेरि पनि निषेध गर्न मिल्छ र ?





