
नेपालगन्ज । खजुरा गाउँपालिकाको १० औं गाउँ सभाले विभिन्न नीति तथा विधेयक पारित गरेको छ ।
सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आर्थिक वर्ष २०७८/०८९ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम हालसम्म गाउँपालिकाबाट भएका कार्य सम्पादनको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
उपाध्यक्ष एकमाया विकले १० औं गाउँ सभामा सभा सदस्यहरुलाइ स्वागत गर्नुका साथै प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
सभामा विधायन समितिकी संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य तथा सरसफाइ विधेयक २०७८, कृषि तथा पशुपंछी विधेयक २०७८, सुशासन (व्यवस्थापन तथा संचालन) विधेयक २०७८, समुदायका सबै बालबालिकाहरुका लागि समावेशी विद्यालय शिक्षा नीति २०७८ छ्लफलसहित पारित भएको छ । सभामा वडा तथा पालिकास्तरका केही योजना संशोधन गरिएको छ ।





