नेपालगञ्जमा बाल बिकास केन्द्रका शिक्षक आन्दोलित

नेपालगञ्ज । नेपालगञ्जका बाल बिकास केन्द्रका शिक्षकहरु आन्दोलित भएका छन् । तलब बृद्धिको माग गर्दै उनीहरुले आन्दोलन शुरु गरेका हुन ।

नेपाल सरकारले बाल बिकास शिक्षकहरुको तलब बृद्धि गरेको छ । तर नेपालगञ्जका शिक्षकहरुले बढेको तलब अझै नपाएको भन्दै बुधबारदेखि आन्दोलन शुरु गरेका छन् । आन्दोलन स्वरुपमा शिक्षकहरुले नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा धर्नामा बसेका छन् ।

नेपाल बाल बिकास नगर कार्यसमितिका अध्यक्ष गिता अधिकारीका अनुसार उपमहानगरपालिकाले बढेको तलब दिन नसक्ने जनाएपछि आन्दोलन शुरु गरिएको छ । बाँकेका अन्य पालिकाहरुमा सरकारले तोकेको १५ हजार रहेपनि नेपालगञ्जमा अझै यो अनुसारको रकम उपलब्ध नगराइएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार हाल शान्तिपुर्ण आन्दोलन गरिएको र माग पुरा भएन भने यसभन्दा कडा आन्दोलन गर्ने समेत उहाँले बताउनुभयो । उपमहानगरपालिकाले अहिले बाल बिकासका शिक्षकहरुलाई आठ हजार रुपैया मात्रै तलब उपलब्ध गराईरहेको छ ।

जबकी अन्य पालिकाले बाल बिकास शिक्षकलाई तोकिए अनुसारको तलब उपलब्ध गराईरहेको छ । शिक्षकहरुले तलब बृद्धिको माग गर्दै यसअघि नेपालगञ्जका २३ वटै वडा कार्यालयलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।

यस्तै बाल बिकासका शिक्षकहरुको आन्दोलन कार्यक्रममा नेपाल शिक्षक महासंघ नगर समितिलले एक्वद्धता रहेको जनाएको छ । महासंघ नगरसमितिका अध्यक्ष मनोजराजा श्रीवास्तवले सरकारले तोकेको न्यूनतम तलब उपलब्ध गराउनुपर्ने बताउनुभयो । तोकेअनुसारको तलबका लागि महासंघले पहल गरिरहेको समेत उहाँले बताउनुभयो ।

यसैबीच नेपालगञ्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गोर्ख बहादुर थापाले शिक्षकहरुको तलबका लागि नगर सभाले पास गर्नुपर्ने बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाभित्र १२३ वटा बाल बिकास केन्द्र संचालित छन् ।

Previous articleखजुराको १० औं गाउँ सभा सम्पन्न
Next articleबढ्दै गएको जाडोलाई मध्यनजर गर्दै थुनुवालाई कम्बल बितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here