
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा रहेका थुनुवालाई कम्बल बितरण गरिएको छ । बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै कार्यालयको थुनुवा कक्षमा रहेकाहरुलाई बिहीबार कम्बल बितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला आपतकालिन परिचालन केन्द्र बाँकेको सहयोगमा बढि रहेको जाडो मौसमलाई मध्यनजर गरी हिरासत कक्षमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल बितरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





