जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता सम्बन्धी अभिमुखिकरण

नेपालगञ्ज । कोभिड १९ बिरुद्धको अभियानमा युवा स्वयम् सेवकहरुलाई जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालीत विकासका लागि सन्चार कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिकामा रहेका युवाहरुलाई उक्त अभिमुखिकरण प्रदान गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकामा रहेका १५ जना युवाहरुलाई उपमहानगरपालिका तथा नेपाल भारत सिमा नाका जमुनाहामा कोभिड १९ बिरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकाको कोभिड खोप अभियानमा सहयोग गर्ने, नेपालगन्जमा अनिवार्य मास्क अभियान सञ्चालन गर्ने लगायतका सचेतना मुलक अभियान सञ्चालन गर्ने उद्धेश्यले युवाहरुलाई अभिमुखिकरण गरिएको हो ।

पछिल्लो समय कोभिड १९ को नयाँ भेरीएण्ड ओमिक्रोन बिरुद्ध आम नागरिकहरुलाई सजग गराउदै व्यवहार परिवर्तनका लागि समुदाय स्तरमा अभियानहरु सञ्चालन गर्ने बिषयमा छलफल भएको थियो ।

यसरि भएको अभिमुखिकणमा विकासका लागि सञ्चार कार्यक्रम संयोजक हेमराज भट्टले कोभिड १९ सक्रमणको रोकथाम प्रभावकारी उपाय जनस्वास्थ्यका मापदण्डहको सहि पालना, प्रभावकारी सञ्चार, व्यवहार परिवर्तनका मुद्धाहरु र समुदायमा युवाहरुले गर्न सक्ने कार्यहरुको बारेमा सहजिकरण गर्नुभएको थियो ।

अभिमुखिकरण पश्चात युवाहरुले कोभिड १९ को सक्रमण बढ्दै गएको अवस्थामा समुदायमा सचेतना फैलाउने अभियानमा संलग्न हुन पाउदा खुसी लागेको बताएका थिए ।

उनीहरुले अभिमुखिकरणबाट सिकेको कुरालाई समुदाय स्तरमा प्रयोगमा ल्याउने र आफ्नो भुमिका पूर्ण रुपमा निर्वाह गर्ने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रम अन्तरगत नेपालगन्ज उपमहानगरपालिका र जमुनाहा नाकामा उपमहानगरपालिकाको सहकार्यमा कोभिड सचेतना अभियान सञ्चालन गरिनेछ ।

अभिमुखिकरणको सञ्चालन बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गर्नुभएको थियो । बासले युनिसेफ नेपालको सहयोगमा बाल संरक्षण र विकासका लागि सञ्चार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Previous articleबढ्दै गएको जाडोलाई मध्यनजर गर्दै थुनुवालाई कम्बल बितरण
Next articleखजुरामा स्थानीय पाठ्यक्रमको प्रारम्भिक खाका तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here