रेडक्रस उपशाखा पुरैनीको १७ औं उपशाखा सभा सम्पन्न

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाईटी उपशाखा पुरैनीको १७ औं उपशाखा सभा सम्पन्न भएको छ । शुक्रबार उपशाखा पुरैनीको भवनमा एक कार्यक्रमकाबीच सभापति फन बहादुर गुरुङ्गको सभापतित्वमा १७ औं उपशाखा सभा सम्पन्न भएको हो ।

सभामा बोल्दै नेपाल रेडक्रस सोसाईटी बाँके शाखा कोषाध्यक्ष राकेश श्रीवास्तवले प्रत्येक मानवले सामाजिक कार्यमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो । उहाँले समाजमा जब समाजसेवाका कार्यहरुले प्राथमिकता पाउछ्न अनिमात्र सुसज्जित समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले कोरोना कहरले जसरी मानवमाथि सृजना गरेको समस्याले समाजसेवा अग्रसर हुन व्यक्तिलाई थप प्रेरित गरेको अनुभव सुनाउनुभयो । यस्तै नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका कोषाध्यक्ष राज कुमार बर्माले समाजसेवा गर्नु पनि मानव कर्तब्य रहेको बताउनुभयो ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं २२ का वडा अध्यक्ष बिद्याराम बर्माले रेडक्रसले आपतमा बिपतको सहयोगी संस्थाको परिचय बनाएको धारणा राख्नुभयो । यसले मानवताको कार्यलाई आफ्नो मुल उद्दृेश्य बनाएको र परिचित संस्थाका रुपमा यसले छवि बनाउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा उपशाखाका अन्य पदाधिकारी, आजिवन सदस्य, साधारण सदस्य लगायतको उपस्थितिमा भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका सचिव आशिष बर्मा लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई उपशाखाका सचिव शिवकुमार बर्माले संचालन गर्नुभएको थियो ।

Previous articleकर्णालीका हरेक जिल्लामा कोभिड विशेष एम्बुलेन्स राखिने
Next articleगगन थापाको अध्यक्षतामा बाँके जिल्ला साईकिलिङ संघ गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here