गगन थापाको अध्यक्षतामा बाँके जिल्ला साईकिलिङ संघ गठन

नेपालगन्ज । बाँके जिल्ला साईकिलिङ संघ गठन भएको छ । शुक्रबार नेपालगञ्जमा बसेको एक भेलाले अध्यक्षमा गगन थापाको अध्यक्षतामा साईकिलिङ संघ गठन गरिएको हो ।

गठित संघको उपाध्यक्षमा प्रेम के.सी, सचिवमा बिज्ञान कर्मचार्य सहसचिवमा खिमा थापा, कोषाअध्यक्ष जितेन्द्र श्रेष्ठ रहनुभएको छ ।

यस्तै सदस्यहरूमा सतिश निरौला, लवराज श्रेष्ठ, सरेन्द्र कार्की, बाबुराम बिश्वकर्मा, सालिक सुवेदी, कर्ण बस्नेत, कबिराम बुढाथोकी, पुष्कर हमाल, निरञ्जन राजभण्डारी, बिनय श्रेष्ठ, सुर्यलाल यादब, कर्णराज रोकाय, कर्ण बस्नेत, बिनय दिक्षित, डि बि तमाङ, किरण श्रेष्ठ रहनुभएको छ ।

जिल्ला खेलकुद संघ बाँकेका अध्यक्ष मोहित शाहको अध्यक्षता भएको भेलामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भिम वली, नेपालगन्ज उपमहानगरपालिका वडा न २ का अध्यक्ष सुनिल सिह हमाल, जिल्ला खेलकुद बिकास समिति कार्यालय प्रमुख सन्तोष श्रेष्ठको उपस्थिति रहेको थियो ।

Previous articleरेडक्रस उपशाखा पुरैनीको १७ औं उपशाखा सभा सम्पन्न
Next articleनेपालगञ्जमा माघ १ देखि एसियन म्यूजियम संचालन हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here