नेपालगञ्जमा माघ १ देखि एसियन म्यूजियम संचालन हुँदै

नेपालगञ्ज । पश्चिम नेपाल र भारतका पर्यटकलाई लक्षित गरेर नेपालगन्जको बेलासपुरमा एभियसन हवाई म्यूजियमको स्थापना गरिएको छ ।

शुक्रबार पत्रकारसंग भेटघाट गर्दै क्याप्टेन बेद उपे्रतीले नेपालगञ्ज घुम्ने रमाउने गन्तब्यका रुपमा यो मूजियम हुने बताउनुभयो । माघ १ गतेदेखि एसियन म्यूजियम संचालनमा आउन लागेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका र बेद उप्रेती ट्रष्टको सहकार्यमा नेपालगञ्जमा भ्यूजियम संचालन हुन लागेको हो । कास्मिक एयरको फोकर सय जेट बिमानभित्र म्यूजियम बनाइएको हो ।

युवा पुस्तालाई उत्प्रेरित गर्न, हवाई इतिहास बारे जानकारी गराउने, उड्डयन क्षेत्रको बर्तमान अवस्था अनि भविष्यका सम्भावना र चुनौतीहरुका बारेमा जानकारी दिने, नेपालगञ्जमा एउटा नयाँ पर्यटकीय केन्द्र स्थापना गर्ने, एजुकेशनल म्युजियमका माध्यमले सबैलाई ज्ञान र मनोरञ्जन एकैसाथ प्रदान गर्ने र बिद्यार्थीहरुका लागि प्रेरणा र प्रोत्साहनको केन्द्र बनाउने म्यूजियमको उद्देश्य रहेको बताइएको छ ।

म्युजियमभित्र २५० बढि मिनिएचर जहाजहरु, राईट ब्रदर्स मोडलका जहाजहरु, फोकर जहाजको ककपिट, वल्र्ड १ र २, लेटेस्ट फाईटर बिमानका रेपालिका, सयौं कमर्सियल एयरलाईन्स जहाजहरु, नेपालको हवाई सेवा र नेपाली आकाशमा उडेका जहाजहरु, इक्वेरल हेलिकप्टर र कयौं ज्ञावद्र्धक जानकारी रहनेछ ।

धनगढीमा रहेको उक्त म्युजियमलाई स्थानान्तरण गरी नेपालगन्जमा स्थापना गरिएको हो । १ करोड ८० लाख लगानीमा स्थापना गरिएको क्याप्टेन उप्रेतीले जानकारी दिनुभयो ।

Previous articleगगन थापाको अध्यक्षतामा बाँके जिल्ला साईकिलिङ संघ गठन
Next articleआधारभूत लेखा र नेतृत्व बिकास एवं सहकारी व्यवस्थापन तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here