आधारभूत लेखा र नेतृत्व बिकास एवं सहकारी व्यवस्थापन तालिम सम्पन्न

नेपालगञ्ज । नेपालगञ्जमा संचालित तीन दिने आधारभूत लेखा तालिम शुक्रबार सकिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा तथा जिल्ला सहकारी संघ बाँकेको समन्वय सहकार्यमा आयोजना गरिएको तालिम शुक्रबार एक समारोहकाबीच समापन गरिएको हो ।

तालिमलाई नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, सहकारी शाखा प्रमुख प्रविण कुमार राना, जिल्ला सहकारी संघका नवराज उपाध्याय र सहकारीका गोपाल थापाले सहजीकरण गर्नुभएको थियो ।

नेपालगञ्जमा रहेका सहकारीहरुको लेखा व्यवस्थापन कार्यलाई थप सजिलो बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा २८ जनाको सहभागिता रहेको नेपालगञ्ज उपमहानरपालिका कर्मचारी तथा तालिमका संयोजक तुल्सा आचार्यले जानकारी दिनुभयो ।

यस्तै नेपालगञ्जमै संचालित नेतृत्व बिकास तथा सहकारी व्यवस्थापन बिषयक तीन दिने तालिम पनि शुक्रबार सम्पन्न भएको छ । जिल्ला सहकारी संघको समन्वय सहकार्यमा नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा उक्त तालिम संचालन गरिएको थियो ।

तालिमलाई उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी, सामाजिक बिकास महासंघ प्रमुख उपसचिव शोभा शाह, सहकारी शाखा प्रमुख प्रविण कुमार राना, जिल्ला सहकारी संघका नवराज उपाध्याय र प्रेम प्रसाद सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

सहकारीलाई व्यवस्थित एवं नेतृत्वकर्ताको बिकास गर्ने उद्देश्यले संचालन गरिएको तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

Previous articleनेपालगञ्जमा माघ १ देखि एसियन म्यूजियम संचालन हुँदै
Next articleखोप केन्द्र व्यवस्थापनमा सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here