खोप केन्द्र व्यवस्थापनमा सहयोग

नेपालगञ्ज । कोभिड-१९ को तेस्रो चरणको जोखिम पनि बढ्दै गएको छ । कोरोनाको तेस्रो चरणको संक्रमण तेजीका साथ बढिरहेका बेला कोरोना बिरुद्धको खोप नलगाएका व्यक्तिहरु खोप लगाउन सक्रिय भएका छन् ।

खोप आएको शुरुका दिनमा सरकारले कोरोना बिरुद्धको खोप लगाउन पटक पटक घरदैलो र अभियानहरु संचालन गर्दा बेवास्ता गरेका सर्वसाधारण अहिले खोप लगाउन तछाड मछाड गरिरहेका छन् ।

कोभिड-१९ को तेस्रो चरणको संक्रमण पनि तिब्र गतिमा फैलिरहेको दैनिक परीक्षणको नतिजाले देखाईरहेको छ । अहिले पनि धेरै व्यक्तिहरु कोरोना बिरुद्धको खोप लगाएका छैन ।

तेस्रो चरणको संक्रमणबाट बच्नका लागि सरकारले खोपको पहिलो मात्रा र दोस्रो मात्रा नलगाएका लागि भ्याक्सिनेशन कार्यक्रम संचालन गरेको छ । यही खोप लगाउने स्थानमा खोप लगाउने प्रक्रिया व्यवस्थित नभएको भन्दै सामाजिक संजालमा गुनासाहरु पोखिएका पनि छन् ।

यसै क्रममा सामाजिक बिकास मञ्च (एस डि एफ) बाँकेद्धारा नेपालगञ्जमा संचालित जोखिम संचार तथा सामुदायिक संलग्नता परियोजनाले खोप केन्द्र व्यवस्थित गर्ने कार्यमा सक्रिय भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्य र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मंचले संचालन गरेको परियोजनामार्फत कर्मचारी राखेर खोप केन्द्रलाई व्यवस्थापनमा सहयोग गरिएको छ ।

खोप केन्द्रमा हुने भिडभड, तछाड मछाड, नामावली दर्ता, कार्ड बितरण र लाईन व्यवस्थापनमा सहयोग गरिएको परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिनभुयो । यस क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ र १२ को खोप केन्द्रलाई व्यवस्थापनमा सहयोग गरिएको छ ।

नेपालगञ्जमा संचालित यस परियोजनाले कोभिड-१९ बिरुद्ध सचेतना, भ्याक्सिनको प्रभावकारिता र भ्याक्सिन लगाउन छुटेकालाई भ्याक्सिनेशनका लागि प्रेरित गर्दै आएको छ । यसका लागि युवाहरु, स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिको उपस्थितिमा घरदैलो, भेटघाट, स्टीकर टाँस, पर्चा पम्प्लेट बितरण, माईकिङ्ग अभियान र सडक नाटक जस्ता गतिबिधि संचालन गरिएको छ ।

Previous articleआधारभूत लेखा र नेतृत्व बिकास एवं सहकारी व्यवस्थापन तालिम सम्पन्न
Next article१० किलो चरेससहित महिला पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here