
शाहिल शेष राई
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ का वडा सदस्य जाफर अन्सारीको निधन भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सदस्य समेत रहनुभएका अन्सारीको ४८ बर्षको उमेरमा निधन भएको हो ।
अन्सारीको शनिबार साँझ पौने ५ बजेको करिब उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजमा हृदयघातका कारण निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
अन्सारीको अन्त्येष्टि आइतबार बाद नमाजे जोहर करिब १:३० बजे मुस्लिम संस्कार अनुसार नेपालगन्जको कब्रस्तानमा हुनेछ ।
वडा नं ३ का वडा अध्यक्ष अय्युब सिद्दिकीले अन्सारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । वडा कार्यालयले शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ ।
स्वर्गीय अन्सारीको श्रीमती एउटा छोरा र एउटा छोरी छन ।





