
होलिया । डुडुवा गाउँपालिका वडा नं १ को होलियामा शनिबार बृहत नि:शुल्क आँखा शिविर संचालन गरिएको छ ।
उक्त शिविरमार्फत १७६ जनाको नि:शूल्क आँखा परीक्षण गरी नि:शुल्क औषधी बितरण गरिएको छ । यस्तै शिबिरमा स्वास्थ्य उपचार सेवा लिन आएका ६६ जनामा मोतिबिन्दुको समस्या देखिएको छ ।
मोतिबिन्दुको उपचारका लागि फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा रिफर गरिएको जनाइएको छ । उनीहरुलाई नि:शुल्क शल्यक्रिया सेवा प्रदान गरिनेछ ।
फत्तेबाल आँखा अस्पताल, पार्टनर फर इक्विटि फाउण्डेशन र डुडुवा गाउँपालिकाको संयुक्त सहकार्यमा डुडुवाका सम्पूर्ण वडाहरुमा नि:शुल्क आँखा जाँच शिबिर सञ्चालन गरिएको छ ।
यस्तै ९ गते डुडुवाको वडा नं २ स्थित स्वास्थ्य चौकी बेतहनीमा शिविर सञ्चालन हुने भएको छ ।





