आईपिएलमा नाम दर्ता गराउने नेपाली खेलाडीको नाम सार्वजनिक

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।

आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।

नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएको र जसमा १५ जना नेपाली खेलाडी रहेको आईपीएलले जनाएको छ ।

आईपीएल खेल्नको लागि सबैभन्दा धेरै अस्ट्रेलियाबाट ५९ जना खेलाडीले नाम दर्ता गराएका छन् ।

खेलाडी किनबेच अर्थात अक्सन आउँदो फेब्रुअरीमा हुनेछ । आईपीएलमा यसपटक लखनउ र अहमदाबादका दुई टोली थपिएपछि क्लबको सङ्ख्या १० पुगेको छ ।

Previous articleडुडुवा १ मा आँखा परीक्षण शिविर, ६६ जनामा मोतिबिन्दु
Next articleउपमहानगरपालिकामा आज अत्यावश्यक बाहेकका सेवा बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here