उपमहानगरपालिकामा आज अत्यावश्यक बाहेकका सेवा बन्द

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज (आइतबार) सार्वजनिक बिदा दिइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ का वडा सदस्य जाफर हुसेन अन्सारीको निधनप्रति दुःख व्यक्त गर्दै आज (आइतबार) एक दिन शोक बिदा दिएको छ ।

उपमहानगरपालिकाका सूचना अधिकारी खिमानन्द अर्यालद्धारा जारी भएको सूचनामा आइतबार उपमहानगरपालिकाका अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवा बन्द रहने जनाइएको छ ।

साथै उपमहानगरपालिकाले वडा सदस्य अन्सारीको निधनप्रति गहिरो समवेदना प्रकट गर्दै माघ ९ गते आइतबारका दिन २३ वटै वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु बन्द रहने बताएको छ ।

अन्सारीको शनिबार दिउँसो आकास्मिक निधन भएको छ । वडा कार्यालयले समेत एक सूचना जारी गर्दै आफ्ना वडा सदस्यको निधनप्रति दुःख व्यक्त गरेको छ ।

Previous articleआईपिएलमा नाम दर्ता गराउने नेपाली खेलाडीको नाम सार्वजनिक
Next articleनेपाली समाजमा बढिरहेको अपराध ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here