
बढिरहेको अपराधको ब्याख्या गर्नुभन्दा पहिला अपराध के हो ? अपराधिक गतिविधिहरु कसरी घटने गर्दछ ? भन्ने बारेमा प्रष्ट हुन जरुरी छ ।
१.अपराध के हो ?
समिष्टिगत रुपमा अपराध भन्नाले मानव वा व्यक्तिको गलत क्रियाकलापलाई जनाउँदछ । कुनैपनि व्यक्ति स्वयंको मस्तिष्क वा समाजका कारण अपराधी हुन पुग्दछ । अपराध परिभाषित गर्ने कार्य कठिन हो ।
समय सापेक्ष विविधता आउने गर्दछ । समाजमा दिएको चेतना र त्यही चेतनाको शक्तिले गर्दा नै व्यक्तिले र व्यवहारबिचको महत्वपूर्ण अन्तर देखा पर्छ । कुनै समय मानवीय कार्य अपराध हुन सक्छ, भने कुनै समयमा सामान्य कार्य हुने गर्दछ । त्यसकारण अपराधलाई परिभाषित गर्ने कार्य जटिल हो ।
अपराध मानवको मस्तिष्कबाट निस्किने त्यस्तो परिणाम हो, जो राज्य शक्तिले रोक्न चाहान्छ । अपराध समाजको बिपरित कार्य हो । अपराध के हो ? भन्ने प्रश्नमा परिभाषा दिन निकै जटिल छ । विभिन्न कानुनविद्हरुको विभिन्न परिभाषा रहेको पाइन्छ ।
कानुनविद् Blackstone का अनुसार अपराधलाई दुई तरिकाबाट परिभाषित गरिएको छ । उनका अनुसार पहिलो “अपराध सार्वजनिक कानुनको विपरीत उक्त कानुनले गर्नु भनेको काम नगर्नु र नगर्नु भनेको काम गर्नु नै अपराध हो ।” (crime is an act committed or omitted in violation of public law for bidding or commanding it)”
दोस्रो अनुसार “समुच्चय समुदायलाई समुदाय मानिएकोमा उक्त समुदायप्रतिको सार्वजनिक अधिकार तथा कर्तव्यको उलंघन नै अपराध हो ।” (A crime is a violation of rights and duties due totge whole community, considered as community)
२. नेपाली समाजमा अपराध किन बढिरहेको छ ?
अपराध समाजमा किन बडिरहेको छ भन्ने प्रश्न गर्नुभन्दा पहिला कारण पत्ता लगाउन जरुरी हुन्छ । अभिभावकको लापरबाहीले गर्दा अपराधीक घट्नाहरु घटने गर्द्छ ।
समाजमा भय, डर नभएको, अपराध गरिसकेपछि म नै राजा, मेरो नै साम्राज्य भन्ने भाव राख्नुको कारण नै अपराध बढने गर्दछ ।
शिक्षाको पहुँच नहुन सक्दा हाल २०७२ को संविधानले शिक्षाको पहुँच दिएता पनि सर्वहारा वर्ग समक्ष शिक्षा नपुग्दा बालबालिका अपराधीक क्रियाकलापमा संलग्नता हुने गर्दछन । मानव अपराधी हुँदैन, मानवको शरीर अपराधी हुँदैन, केवल मस्तिष्क बाहेक मानवको अन्य शरीर भनेको यन्त्र हो . जो काम गर्दा काम लाग्ने गर्दछ तर मानवको मस्तिष्क अपराधि हुने गर्दछ ।
३.अपराधलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ?
अपराधलाई न्यूनीकरण गर्न सजिलो छैन । अझै पनि हजारौं अपराधीहरु हाम्रो वरिपरी खुल्ले आम घुमी रहेका छन । कारण के त ? राजनीतिक हस्तक्षेप, रुपैयाँको लालबाजी, सरोकारवालाको मिलोमतो, यो नै मुख्य तत्वहरु हुन, अपराध न्यूनीकरण हुन नसक्नुको ।
कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका राज्यका छुट्टाछुट्टै अङ्गहरु र कम भए अपराधलाई न्यूनीकरण गर्न कठोर व्यवस्था हुनु पर्द्छ । जो कि कसैको पनि हस्तक्षेप को पहुच नपुगोस ।





