लागू औषध र लाखौं रुपैयाँसहित तीन जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट लागू औषध र लाखौं रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

साेमबार दिउँसो साढे १ बजे सिमा प्रहरी कार्यालय जयसपुरकाे प्रहरी टाेली, लागू औषध व्युरो र बाँके प्रहरीकाे टोलीले नेपालगन्जबाट लागूऔषध र रकमसहित तीन जनालाई पक्राउ गरेकाे हाे ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१० स्थित ट्राफिक चाेक नजिकैबाट ३० ग्राम लागूऔषध  ब्राउन सुगर र १ लाख ८३ हजार ६० रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा ३५ बर्षीया मुन्नी जोलाह, ३५ बर्षीया जरिना अन्सारी र ३९ बर्षीय कल्लु जोलाह रहेका छन् ।

Previous articleनेपाली समाजमा बढिरहेको अपराध ?
Next articleखोप लगाएपछि जोखिम कम हुनेमा बिश्वस्त छिन् अधिकारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here