खोप लगाएपछि जोखिम कम हुनेमा बिश्वस्त छिन् अधिकारी

नेपालगञ्ज । नेपालगञ्ज कारकाँदोकी पार्वती अधिकारी कोरोना बिरुद्धको खोप लगाएपछि आफुलाई सुरक्षित महसुस गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ मा संचालन गरिएको खोप केन्द्रमा खोप लगाउन पुग्नुभएकी अधिकारीले पहिलो पटक कोरोना बिरुद्धको खोप लगाएपछि आफु कोरोनाबाट अब भने केही सुरक्षित रहन सकिन्छ भनेर ढुक्क हुनुभएको छ ।

हुनत : कोरोना बिरुद्धको खोप लगाएपछि कोरोना हुँदैन भन्ने त हुँदैन तर कोरोना संक्रमण भएपछि खोप नलगाएको व्यक्तिहरुमा हुन सक्ने जस्तो जोखिम भने पक्कै कम हुन्छ भनेर अधिकारी ढुक्क हुनुभएको हो ।

कोरोना बिरुद्धको खोप अभियान निरन्तर संचालन भइरहेपनि बिरामी भएकाले आफुले खोप लगाउन नपाएको प्रतिक्रिया दिनुभयो । खोप लगाउन उहाँले यसघि पनि प्रयास गर्नुभएको थियो तर बिरामी भएका कारण नै सम्भव भएको थिएन ।

खोप लगाएर बाहिर निस्कदै गरेकी अधिकारीको अनुहारमा छुट्टै चमक देखिन्थ्यो । मानौ कुनै व्यक्तिलाई कुनै कुरामा सफलता मिलेपछि आउने चमक नै अधिकारीको अनुहारमा झल्किन्थ्यो । पहिलो पटक कोरोना बिरुद्धको खोप लगाएपछि उहाँले सफलता नै पाएको आफुलाई महसुस भइरहेको बताउनुभयो ।

कोरोना बिरुद्धको खोप उत्पादन भएर आउँदा अधिकारीमा पनि केही नकारात्मक धारणा बनेको थियो । त्यति बेला उहाँलाई पनि नेपालमा ट्रायलका लागि ल्याइएको र यसको नकारात्मक साईड इफेक्ट हुने आफ्नो मस्तिष्कमा बसेको बताउनुभयो ।

तर बिस्तारै भए भरका संसार भरिका मानिसहरुले कोरोना बिरुद्धको खोप लगाइरहेको र उहाँलाई केही कुनै समस्या देखिएको छैन । त्यसकारण आफु खोप लगाउनुपर्छ भन्ने कुरामा ढुक्क भएको र खोप लगाएपछि आफु सुरक्षित छु भन्ने उहाँलाई पुर्ण बिश्वास भएको छ ।

कोरोना खोपले कोही कसैलाई केही हुँदैन । खोपबिरुद्ध समाजमा फैलिएका धारणाहरु सबै गलत रहेको बारे अधिकारी स्पष्ट हुनुभएको छ ।

समाजमा कोरोना बिरुद्धको खोप लगाउनु हुँदैन । लगाइयो भने बिरामी बनाउँछ, शारीरीक क्षमतामा ह्रास आउँछ, गर्भवतीले खोप लगाएमा बच्चा बिग्रिन्छ,, खोप लगाएपछि गर्भधारण गर्न सकिदैन जस्ता भ्रमहरु फैलिएका छन् ।

कोरोना संक्रमण नहुँदाको संसार सामान्यरुपमा चलेको थियो र कोरोना संक्रमण देखिएपछि संसारलाई पछाडि धकेलिदिएको छ तथा सबै कुरामा सजगता अपनाउनुपर्ने अवस्था सृजना भएको अधिकारीले बताउनुभयो ।

सरकारले पटक पटक कोरोना बिरुद्धको खोप लगाउन सर्वसाधरणलाई अनुरोध गरिरहेको कुरा आफुलाई पनि जानकारी भएको अधिकारीले बताउनुभयो । उहाँले कोरोना बिरुद्धको अभियानमा सहभागि हुन कोरोना बिरुद्धको खोप लगाउनु पनि आग्रह गर्नुभयो ।

यस्तै नेपालगञ्जमा कोरोना बिरुद्धको माईकिङ्ग अभियान चलेको अधिकारीले पनि सुन्नुभएको छ ।

नेपालगञ्ज उपमहानरपालिकाको समन्वयमा सेफ द चिल्ड्रेनकाे सहयाेगमा सामाजिक बिकास मंच (एस डिएफ) बाँकेले जोखिम संचार र समुदाय संलग्नता परियोजनामार्फत कोरोना बिरुद्धको अभियान अन्तर्गत घरघरमा स्टीकर टाँस, माईकि माईकिङ्ग अभियान, घरदैलो, अन्तरक्रिया जस्ता कार्यक्रम गर्दै सचेतना फैलाउने कार्य हुँदै आएको छ ।

संघसंस्थाहरुको समन्वयमा भइरहेको सचेतनामूलक गतिबिधिले पनि समुदायसम्म सहज रुपमा कोरोना बिरुद्धको अभियान सर्वसाधरणलाई सहभागि बनाउन शन्देश पुगिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

Previous articleलागू औषध र लाखौं रुपैयाँसहित तीन जना पक्राउ
Next articleतरुण युवाद्धारा कांग्रेस केन्द्रीय सदस्य शाहलाई नेपालगञ्जमा स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here