ओमिक्रोनको बढ्दो संक्रमण न्यूनीकरणमा योगदान रास्ट्रको लागि सक्रिय

नेपालगञ्ज । सामाजिक क्षेत्रमा क्रियाशील संस्था योगदान राष्ट्रको लागि जिल्ला कार्यसमिति नेपालगन्ज र मानव बेचबिखन तथा आोसार पसार विरुद्ध कार्यरत संस्था शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय नेपालगन्ज, बाँकेको संयुक्त आयोजनामा नेपालगन्ज स्थित जमुनाहा नाकामा कोभिड १९ विरुद्ध सचेतनामुलक तथा १ दिने निशुल्क मास्क वितरण कार्यक्रम आयोजना गरिएको छ ।

योगदान राष्ट्रको लागि बाँकेको जिल्ला अध्यक्ष सागर सिंह ठकुरी, केन्द्रिय सल्लाहकार मिम बहादुर सिंह, पुर्ब अध्यक्ष प्रकाश् कुवर लगायतको उपस्तिथिमा सम्पन्न कार्यक्रममा भारतबाट नेपालतर्फ आउने र नेपालबाट भारत तर्फ जाने बिना मास्क यात्रा गरिरहेका व्यक्तिहरुलाई बढ्दो कोभिड १९ को ओमिक्रोन भरियन्टबारे सचेत गराउदै मास्क प्रयोग गरि सुरक्षित यात्रा गर्न जानकारी समेत गराइएको थियो ।

कार्यक्रम संयोजक निर्मल सुवेदीले कोभिड १९ को ओमिक्रोन भेरियन्टको बढ्दो संक्रमणको अवस्थामा समेत सजग र सतर्क रही मास्कको प्रयोग तथा स्वास्थ्य मापदण्डको उचित पालना नगरिरहेको अवस्थामा बढ्दो संक्रमणबाट केही सचेत गराउन सकिन्छ कि भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

Previous articleतरुण युवाद्धारा कांग्रेस केन्द्रीय सदस्य शाहलाई नेपालगञ्जमा स्वागत
Next articleस्थानीय निर्वाचनबारे देउवाले निकास दिनुपर्ने पुर्वमन्त्री गिरीको जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here